देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
अर्घाखाँची - अर्घाखाँची जिल्लाको नरपानीमा साेमबार लंका यातायात प्रालिको जीप दुर्घटना हुँदा ज्यान गुमाउने तीनमध्ये एकजनाकाे परिचय खुलेकाे छ ।
ज्यान गुमाउनेमा अर्घाखाँचीको ढाकाबाङ्ग पहाड घर भएर हाल दाङकाे लमही बस्दै आएका ५० वर्षीय घनश्याम खनाल रहेकाे अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयाे । ज्यान गुमाउने अन्य एक महिला र एक पुरुषको सनाखत हुन बाँकी छ ।
कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४३२९ नम्बर को जीप सन्धिखर्क नगरपालिका वडा नम्बर–६ नरपानी नजिकै दुर्घटनामा परेको थियाे। नौ जना रहेकाे जीप पल्टिँदा तीन जनाको घटनास्थलमै ज्यान गएको थियाे भने ६ जना घाइते भएका थिए ।
दुर्घटनामा घाइते भएकाहरुमा भूमिकास्थान–१०, धनचौरका उमेश रेग्मी, दाङ्ग लमही–०५ की अनिता खनाल र बिन्दु खनाल, भुमिकास्थान–१० की सिमा रेग्मी र उनका १ वर्षिया छोरा आदित्य रेग्मी तथा जीप चालक कपिलवस्तु बुद्धभूमिका विरेन्द्र श्रेष्ठ रहेका छन् । घाइतेहरु ध्ये चार जनालाई उपचारको लागि चौराह अस्पताल बुटवल पठाइएको छ भने बाँकी दुई जनाकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।
जीप ओरालो सडकमा अनियन्त्रित भएर सडकदेखि झण्डै साढे तीनसय मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी ब्रेक फेल भएका कारण दुर्घटना भएको चालक विरेन्द्र श्रेष्ठले बताउनुभयाे ।
घटनाबारे सूचना पाएलगत्तै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रकाश विष्ट, शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधब रेग्मीसहितको टोली घटनस्थल पुगेकाे थियाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।