इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को यूएईमा बसेको बैठक सकिएको छ । बैठकमा नेपाली क्रिकेटको निलम्बन फुकुवाको प्रक्रियाका बारेमा पनि गम्भीर छलफल भएको छ ।
नेपाल क्रिकेट संघको नयाँ चुनाव भएपछि आइसीसीको यो बैठकबाट निलम्बन फुकुवा हुन्छ भन्ने अपेक्षाअनुसार आईसीसीले केही सर्त राखेर निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउने भएको छ ।
आईसीसीको बैठकले नेपाल क्रिकेट निलम्बन फुकुवाका लागि आर्थिक नियमावलीका साथै व्यवस्थापन कसरी गर्ने, क्यानको कार्यालय व्यवस्थापनलाई पनि अगाडि राखेको बुझिएको छ ।
क्यानको नयाँ कार्यसमिति आए पनि आईसीसीले पूर्ण रुपमा विश्वस्त भएर निलम्बन फुकुवा गर्नुका साटो चरणबद्ध रुपमा आफूले निर्देशन दिएका कामहरु गर्दै गएपछि मात्र सम्भव हुने भएको छ । केही समयका लागि आईसीसीले नै आफ्नो मातहतमा रहेर काम गर्न निर्देशन पनि दिन सक्नेछ ।
क्यानको नयाँ निर्वाचन भएपछि तत्कालै उसको कार्यालय सञ्चालनका लागि बजेट छैन, क्यानको खाता फेरि खुलाउन पनि प्रक्रिया बढाउनु पर्नेछ । यसका साथै आर्थिक पारदर्शिता, आर्थिक रिपोर्ट लगायतका कामहरु कसरी गर्ने भन्ने पनि ठूलो चासोका रुपमा रहेको छ ।
आईसीसीले आधिकारिक जानकारी मंगलबारसम्म दिने बुझिएको छ । त्यसपछि क्यानका पदाधिकारीसँग पनि छलफल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।