सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा

 मंसिर १५, २०८१ शनिबार ९:१०:४० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा लिएका छन् । बेलायतमा आधारित निगरानी समूह सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार हिजो बेलुकासम्म विद्रोहीहरूले शहरको आधाभन्दा धेरै क्षेत्र नियन्त्रणमा लिएका छन् ।

सिरियाली सरकारविरुद्ध वर्षौंदेखि भइरहेको आक्रमणमध्ये हिजोको आक्रमण सबैभन्दा ठूलो हो । सन् २०१६ मा सरकारी सेनाले जबरजस्ती हटाएपछि विद्रोहीहरू पहिलो पटक अलेप्पो पुगेका छन् ।

इस्लामिक लडाकु समूह हयात तहरीर अल–शाम (एचटीएस सँगसम्बद्ध एक च्यानलमा पोस्ट भएको भिडियोमा विद्रोही लडाकुहरू शहर भित्र गाडीमा घुमिरहेको देखिएको छ । सयौँ मानिसहरु शहर छाडेर भागेका छन् ।

सरकारले भने अलेप्पोलाई पुन नियन्त्रणमा लिन कारबाही शुरू भइसकेको जनाएको छ । सिरियामा राष्ट्रपति बसर अल अशदविरुद्ध सन् २०११ मा शुरू भएको आन्दोलन अहिले विभिन्न समूहको सशस्त्र विद्रोहसम्म पुगेको छ ।

गृहयुद्धमा ५० हजार जना भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । सिरियाको सरकारी सेनालाई रुसको साथ छ । फ्रि सिरियन आर्मी नामक अर्को विद्रोहीलाई अमेरिका र बेलायत लगायतको साथ रहेको छ ।टर्की टुक्राउने मागसहित विद्रोह गरिरहेको कुर्दिस लडाकु फोर्स पनि सिरियामा सक्रिय रहेका कारण टर्कीले पनि आक्रमण गरिरहन्छ ।

आईएसका लडाकुबाट खतरा रहेको भन्दै इजरायलले पनि सिरियामा आक्रमण गर्दै आएको छ । टर्कीमा आन्तरिक युद्ध मात्रै नभइ विभिन्न देशहरुको समेत प्रवेश भएकाले युद्ध रोकिने कुनै सम्भावना देखिएको छैन । 
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया