बिहान गएको ठूलो भूकम्पको म्याग्निच्युडबारे फरक–फरक विवरण
पुस २३, २०८१ मंगलबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा बसको ठक्करबाट एक जना बालिकाको ज्यान गएको छ । एक जना घाइते भएकी छन् ।
हिजो शुक्रवार बेलुका गोरुसिङ्गे–सन्धिखर्क सडक अन्तर्गत नरपानीको धारा बजारमा लु २ ख १४१५ नम्बरको बसको ठक्करबाट शितगंगा ४ अमराई बस्ने १२ वर्षकी विनिता बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभएको छ ।
बसको ठक्करबाट घाइते भएकी शितगंगा ४ अमराईकी १० वर्षकी एलिना बिकको अर्घाखाँचीमा अस्पतालमा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लको भनाइ छ । बस चालक र बसधनीलाई प्रहरीले पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।