प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ – गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्यलाई १ सय ३५ मतले हराउँदै पन्त एनआरएनएको नयाँ अध्यक्ष बन्नुभएको हो ।
पन्तले एक हजार ९४र आचार्यले नौ सय ५९ मत प्राप्त गर्नुभएको मतगणनामा संलग्न निर्वाचन समितिका सदस्यले जानकारी दिएका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।
यस्तै, उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा र बद्री केसी निर्वाचित हुनुभएको छ । चुनावमा दुई हजार तीन सय ४४ मत खसेको थियो । २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उमेदवारी दिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।