एन्फा महिला लिगमा आर्मीले बाग्मती युथलाई हरायो
पुस १८, २०८१ बिहिबार
पाल्पा - पाल्पामा शुक्रबार भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।
अर्गली बजार नजिक शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा एक जनाको ज्यान गएको र ८ जना घाइते भएका हुन् । दुर्घटनामा ठूलोलुम्पेक गुल्मीका ३९ वर्षीय हिम बहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
गुल्मी बाट बुटवलका लागि छुटेको लु १ ख ९२०२ नम्बरको ट्रक अर्गलीबजार नजिक दुर्घटना हुँदा घाइते भएका ७ जनाको तानसेनमा रहेकाे युनाइटेड मिशन अस्पतालमा उपचार भैरहेको छ ।
अर्काे घटनामा माटोको ढिस्कोले पुरिएर बगनासकाली गाँउपालिका-१, घोरबन्दाका ४५ वर्षीय हर्क बहादुर कुमालको ज्यान गएको छ । तानसेन-४, बिशालबजारका रोहित कुमार रामदासको घर निर्माण गर्ने क्रममा पिलरको जगमा गाह्रो लगाउँदै गर्दा माथिबाट एक्कासी माटोको ढिस्को झरेर पुरिएका कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएकाे छ ।
त्यस्तै रिब्दीकोट गाउँपालिका-१, ख्याहाकी ३५ वर्षीया कमला पहराईको पनि ज्यान गएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी कमलालाई उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।