बोरामा एक किलो चामल घटाएर उपभोक्ता ठग्ने व्यापारीलाई २ लाख जरिबाना

 कात्तिक २, २०७६ शनिबार ७:५०:४७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको छ । अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि २ लाख रुपैयाँ जरिबाना तिराएको हो । 

सन्धिखर्क–२, चुत्रबेसीमा शिवा किराना तथा भण्डारका सञ्चालक कपिलवस्तुका सञ्जयकुमार कलवारले ३० किलो र २५ किलोको चामलको बोरामा १ किलो घटाएर बेचेको गुनासो आएपछि सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो ।

अनुगमन टोलीले उपभोक्तालाई ठगेको भेटाएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख पाँच सय जरिबाना तिराएको अनुगमन टोलीका संयोजक जीवनारायण आचार्यले जानकारी दिनुभयो । कलवारले सन्धिखर्कका विभिन्न पसलहरुमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा १ किलो घटाएर चार सय पच्चीस बोरा चामल बेचेको स्वीकार गरेपछि उनलाई कारबाही गरिएको सन्धिखर्क नगरपालिकाले बताएको छ । 

यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता संरक्षण समितिलगायतको टोलीले चाडपर्वको समयमा अनुगमन गरेर बरामद् गरेका म्याद गुज्रेका आटा, चामल, बिस्कुट, भुजा, तेल, सुजी र चाउचाउसमेत गरी ३० हजार मूल्य बराबरको सामान शुक्रबार नष्ट गरेको छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया