च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकाको तापक्रम बिहीबार यो वर्षकै कम मापन गरिएको छ । बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
यस्तै, बिहीबार बिहान जुम्लाको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिँदा विराटनगरको भने सबैभन्दा धेरै २२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार उच्च पहाडी भेगमा हिमपात भएकाले पनि देशभरीकै तापक्रम घटेको हो । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारण केहिदिन यता नेपालको मौसममा बदली भइरहेको छ । बिहीबार पनि यसको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ ।
बिहीबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने मौसमविद्को पूर्वानुमान छ । यस्तै, मध्य र पूर्वी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको र उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।