प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ - प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो दूरी बढने कुनै सम्भावना नरहेको बताउनु भएको छ ।
असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८औं सम्मेलनमा भाग लिएर आईतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष प्रचण्डसँग आफ्नो दूरी बढने कुनै अवस्था नरहेको बताउनुभयो ।
‘रमाइलो कुरा गर्नुभयो, काठमाण्डौ हुँदाभन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो’, प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भन्नुभयो, ‘यसभन्दा बाहेक दूरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँहि मिलेन । हामीबीच कुनै प्रकारको दूरी बढने सम्भावना र अवस्था दुवै छैन ।’
प्रधानमन्त्री ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको समाचार विभिन्न समाचार माध्यममा आइरहेका थिए । प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको बताउनुभयो ।
प्रचण्डले मदन भण्डारीसँग आफूलाई तुलना गर्नु भयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले के प्रसंगमा त्यसो भन्नु भएको हो ? आफूले नसुनेको बताउनुभयो ।
‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने इच्छा राख्छु भन्नु भएको हुनुपर्छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दूरी बढेको भन्न मिल्दैन, बरु दूरी घटेको भन्नुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।