टी-२० वरीयतामा नेपालकाे सुधार: ब्याटिङतर्फ पारस खड्का ४५ औंँ स्थानमा

 कात्तिक ११, २०७६ सोमबार ९:५४:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी-२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले गएकाे बिहीबार अद्यावधिक गरेको टी-२०को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ स्थानमा उक्लिएको हो । अघिल्लो वरियतामा नेपाल १३ औंँ स्थानमा रहेको थियो ।

नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ । एसोसियट राष्ट्रमध्यको टी-२० वरीयतामा नेपाल शीर्ष स्थानमा छ ।

वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौँ स्थानमा रहेका छन् ।

यता एक दिवसीय वरीयतामा नेपाल १७ औंँ स्थानमा रहेको छ ।

टी–२० को ब्याटिङको वरीयतामा पारस खड्का ४५ औंँ स्थानमा पुगेका छन । उनले थिसारा परेरा, रोस टेलर, सौम्य सरकारलाई पछि पारेका छन । ब्याटिङको वरीयतामा नेपालबाट एक्लो खेलाडीका रुपमा रहेको पारसले चार सय ६६ अंक पाएका छन् ।

अलराउण्डरमा पारस २४ औंँ स्थानमा यथावत छन । उनले एक सय आठ अंक पाएका छन । यस्तै अर्का खेलाडी सोमपाल कामी ६० औंँ स्थानमा छन ।अलराउण्डमा करन केसी पनि समावेश भएका छन् । उनी हाल ७७ औंँ स्थानमा रहेका छन । उनले ४२ रेटिङ अंक पाएका छन् ।

टी–२० को बलिङमा पाँच नेपाली खेलाडी परेका छन् । जसमा सन्दीप लामिछाने ६४ औंँ स्थानमा पुगेका छन् भने सोमपाल कामी ६८ औंँ स्थानमा यथावत छन । भने करण केसी ८३ औंँ स्थानमा र बसन्त रेग्मी ८९ स्थानमा छन् । वरीयतामा पहिलो पटक अविनाश बोहोरा परेका छन्  जसमा उनी एक सयौँ स्थानमा छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया