सुरु भयो ३१० किलोमिटर दूरीको ‘सोलुखुम्बु ट्रेल रेस’

 कात्तिक १२, २०७६ मंगलबार १८:४६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु - संसारकै लामो दाबी गरिएको ‘सोलुखुम्बु ट्रेल रेस’को पहिलो संस्करण सुरु भएको छ ।

३ सय १० किलोमिटर दूरीको सोलुखुम्बु ट्रेल रेस मंगलबार बिहानदेखि ओखलढुंगा र सोलुखुम्बुको सिमाना जन्तरधापबाट सुरु भएको हो ।

जन्तरधापबाट सुरु भएको रेस सगरमाथा आधार शिविर पुगेर पुनः फाप्लु आएर टुँगिने आयोजक द स्मल वर्ल्डका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो । धावकहरु पिके, लामाजुरा पास गर्दै जुनबेसी, टाक्सिन्दु गुम्बा र दूधकुण्ड हुँदै दौडने रुट छ ।

प्रथम सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पदमार्गलाई पछ्याउँदै धावकहरु दौडिने अध्यक्ष शेर्पाले बताउनुभयो । रेसमा ६५ जना विदेशी र १५ जना नेपाली धावकहरु सहभागी भएका छन् ।

दौड पूरा गर्न १५ दिन लाग्नेछ । रेसमा ५ हजार ४ सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, ५ हजार ३ सय ६४ मिटर उचाइमा रहको सगरमाथा आधार शिबिर पुग्नुपर्नेछ । फर्किने क्रममा गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरी खोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुग्नेछन् । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया