च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सोलुखुम्बु - सोलुखुम्बुमा मंगलबारदेखि १५ दिन लामो ट्रेल रेस सुरु भएको छ ।
ट्रेल रेस पर्यटक वर्ष सन् २०२० लाई लक्षित गरी मंगलबारदेखि सोलुखुम्बुको धापबाट सुरु भएको हो । सोलुखुम्बुको तल्लो भेग धापबाट सुरु भएर आधारशिविर पुगेर फेरि तल्लो क्षेत्रको फाप्लुमा आएर रेस समापन हुने सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले बताउनुभयो ।
आयोजक संस्था ‘दी स्मल वर्ल्ड’का अध्यक्ष कर्मा शेर्पाका अनुसार धावकहरु ४ हजार ६ सय अग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउँजुन बेंसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको दूधकुण्डपोखरी हुदैै दौडने छन् ।
पहिलो सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पदमार्गलाई पछ्याउँदै धावकहरु दौडिने आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो । रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन् । ३ सय १० किलोमिटर दूरीको दौड पूरा गर्न १५ दिन लाग्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।