पछिल्लो ३० वर्षमा पृथ्वीको तीन चौथाइ जमिन स्थायी रूपमा सुक्खा ...
मंसिर २७, २०८१ बिहिबार
दाङ - दाङको तुलसीपुरमा अटो र माइक्राे बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको बा२ख ३९५९ नम्बरको माइक्राे बस र तुलसीपुरबाट जाँदै गरेको रा१ह ३५४९ नम्बरको अटो स्थानीय स्टार बोर्डिङ निजिकै बुधबार बेलुकी अबेर ठोक्किएको प्रहरीले बताएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा तुलसीपुर–१६ की लक्ष्मी चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिनुभयो ।
घटनामा गम्भीर घाइते भएकी मृतककी १७ महिनाकी छोरी आदिसा चौधरी र अर्का व्यक्ति ईश्वरी प्रसाद बस्नेतलाई भारतको लखनउमा उपचारको लागि लगिएको छ । त्यसै ठाउँका अर्का घाइते प्रविन चौधरीको कोहलपुरमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।