प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले डायलाइसिस भैरहेको छ ।
बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको आज दोस्रो पटक डायलाइसिस भैरहेको हो । उहाँको रगतमा पानीको मात्रा धेरै भएकाले रगतलाई शुद्ध बनाउन गरिने डायलाइसिस अन्तर्गत पर्ने अल्ट्रा फिल्ट्रेसन गर्ने काम भैरहेको उच्च स्रोतले उज्यालोलाई जानकारी दिएको छ ।
उहाँको हिजो पनि अल्ट्रा फिल्ट्रेसन गरिएको थियो ।
अस्पतालका एक डाक्टरका अनुसार थप डायलाइसिस गर्नुपर्ने भएकाले प्रधानमन्त्री अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ । उहाँका अनुसार प्रधानमन्त्रीको रगतमा क्रेटिनाइनको बढी देखिएकाले थप डायलाइसिस गरिएको हो ।
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्री ओलीलाई आज बेलुकीसम्ममा घर लैजाने तयारी भएको बताउनुभयो । ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक तथा ग्राण्डी अस्पतालको मृगौला विभाग प्रमुख प्राध्यापक दिव्या सिंंहले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र जाँचका रिपोर्टहरु आएपछि प्रधानमन्त्री ओलीलाई बुधबारै घर पठाइने बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।