च्यालेन्जर ट्रफी: नेपाललाई भारतकाे ‘रेड टिम’ले दियाे २४८ रनकाे विजय लक्ष्य

 कात्तिक २७, २०७६ बुधबार १३:३०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा जारी च्यालेन्जर ट्रफी अन्तरगतको बुधबारकाे खेलमा भारतको रेड टिमले नेपाललाई २४८ रनको लक्ष्य दिएको छ ।

४८.२ ओभरमा भारतीय रेड टिमल सबै विकेट गुमाउदै २४७ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको नेपालले सातौँ ओभरको पाँचौँ बलमा पहिलो सफलता हात पारेको थियाे । भारतको स्कोर ३९ हुँदा नेपालका लागि आकाश चन्दले यशस्वी भुपेन्द्रलाई व्यक्तिगत ३३ रनमा आउट गरेका हुन् ।

त्यसपछि भारतको स्कोर ५४ हुँदा हरि बहादुर चौहानले नेपालका लागि दोस्रो विकेट लिएका थिए । चाैहानले जय राजुभाईलाई व्यक्तिगत ७ रनमा आउट गरेका हुन् ।

२० औंँ ओभरमा नेपालले तेस्रो सफलता हात पार्‍यो । नेपालका लागि शेर मल्लले भारतकाे रेड टिमका अर्जुन प्रसाद मूर्तिलाई व्यक्तिगत ११ रनमा आउट गरे । यो सँगै भारत २० ओभरमा ३ विकेटको गुमाउदै ९१ रन बनाएको थियो ।

भारतको चौथो विकेट २१ ओभरको दोस्रो बलमा ९३ रनको स्थितिमा गुमाएको थियाे । नेपाललाई लोकेस बमले साई भारद्वाज सुर्दशनलाई रन आउट गरेका थिए । सुर्दशन ६३ बलमा व्यक्तिगत ३४ रन बनाउँदै रन आउट भएका थिए ।

त्यस्तै शेर मल्लले भारतका समिर हसन रिज्बी ध्रुब जुरेललाई क्रमश पाँचाैँ र छैटाैँ विकेटका रुपमा आउट गरे ।

सातौँ विकेटका रुपमा भारतले नितेश कुमार रेड्डीलाई ४४.२ ओभरमा गुमायो । नेपालका बलर आकाश चन्दले उनलाई आउट गरेका थिए । त्यस्तै ४६ औंँ ओभरको पाँचौँ बलमा नेपालका कप्तान रित गौतमले देवोप्रतिम हलदारलाई रनआउट गरेपछि भारतकाे आठाैँ विकेट गुम्याे ।

नवौँ विकेटको रुपमा भारतको स्कोर २४६ रन हुँदा कृतज्ञ कुमार सिंंहलाई व्यक्तिगत २६ रनमा तथा  अन्तिम विकेटका रुपमा रिसब बन्सल रन आउट भए ।

नेपालका लागि शेर मल्लले ३, आका हरिबहादुर चौहानले २ तथा आकाश चन्दले २ तथा हरि बहादुर चौहान र प्रतिस जिसीले १–१ विकेट लिए ।

जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा पराजय भोगेको थियो । भारतको एल्लो टिमसँग १० विकेटको लज्जास्पत हार ब्यहोरेको थियो । प्रतियोगितामा भारतका रेड, ब्लू र एल्लो गरी तीन टिम खेल्नेछन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया