इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
एभीसी सेन्ट्रल जोन भलिबलको समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेको छ ।
पहिलो सेट २५–१४ ले पराजित गरेको नेपालले दोस्रो सेट २५–०५ र तेस्रो सेट २५–१३ ले जितेको हो । जितपछि नेपाल उपाधियात्रा पक्का भएकाे छ ।
खेलको वुमन अफ दि म्याच नेपालकी सरस्वती चौधरी घोषित भइन् ।
दुवै टिमले बुधबारको खेललाई फाइनल अघिको अभ्यासका रुपमा लिएका थिए । नेपालले प्रतियोगितामा ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा पुग्याे भने समान खेलबाट माल्दिभ्सले ८ अंकमा राेकियाे । प्रतियाेगिताकाे फाइनल खेल शीर्षस्थानकाे दुई टिम नेपाल र माल्दिभ्सबीच हुनेछ ।
नेपालले अहिलेसम्म चार वटै खेलमा सिधै सेटमा जित हात पारेको छ ।
नेपाल र माल्दिभ्स २ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गरेका हुन् । २ वर्ष अघि पनि नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । माल्दिभ्सलाई पराजित गरेको तत्कालीन खेलाडी अरुणा शाहीको कप्तानीमा नेपाली टिमले अहिले फेरि जित निकालेको हाे ।
त्यतिबेला प्रतिभा माली र सरस्वती चौधरी पनि नेपाली टिममा थिए । नेपाली टिममा अहिले नयाँ र पुराना खेलाडी बराबर छन् भने माल्दिभ्सको टिममा अधिकांश पुरानै खेलाडी रहेका छन् । नेपाल र माल्दिभ्सबीच बिहीबार फाइनल खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।