क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध चार-शून्यको जित निकालेको छ ।
दशरथ रंगशालामा भएको खेलको पाँचौ मिनेटमा नै कप्तान सुजल श्रेष्ठकाे गोलमार्फत नेपालले अग्रता बनायो ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा अरु तीन गोल थप्यो । नेपालका लागि कप्तान सुजलले फेरि गोल गरे भने अभिशेक रिजाल र मिक्चेन तामाङले एक एक गोल थपे ।
खेलको ६६ औंँ मिनेटमा सुजलले अनन्त तामाङको पासको सदुपयोग गर्दै गोल गरे । त्यसपछ ७० औंँ मिनेटमा नेपालले चौथो गोल गर्यो । यसपटक मिक्चेन तामाङले फ्रिकिकमा उत्कृष्ट गोल गर्न सफल भए । जसका कारण नेपालले प्रभावशाली जित निकाल्दै तीन अंक जोड्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।