उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
धनुषा - जनकपुरधाममा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगिताको तेश्रो दिन विभिन्न ७ तौल समूहको खेलमा भारतले ४, श्रीलंका २ र पाकिस्तानले १ स्वर्ण पदक हालिस गर्न सफल भएका छन् ।
नेपालले तीन पुरुष र चार महिलाको विभिन्न तौल समूहमध्येको खेलमा २ रजत र २ काँस्य पदक पाएकाे छ ।
पुरुषतर्फ ६१ किलो तौल समूहमा भारतका रविन्द्रले स्वर्ण, पाकिस्तानका मो. बिलालले रजत र श्रीलंकाका उदराले काँस्य पदक जितेका छन् भने ८६ किलोग्राम समूहमा भारतका पवन कुमारले स्वर्ण, पाकिस्तानका उमर अहमदले रजत र बंगलादेशका श्रीश्रोत रायले रजत पदक जितेका छन् ।
त्यस्तै ९२ किलोग्राम समूहको खेलमा पाकिस्तानका मो. इनामले स्वर्ण, श्रीलंकाका सलिथाले रजत र नेपालका समिर शाहले काँस्य पदका हात पारेका छन् ।
महिलातर्फ ५९ किलो समूहमा भारतकी अंशुले स्वर्ण, बंगलादेशकी निपारेनले रजत र नेपालकी कोमल खत्रीले काँस्य, ६२ किलोग्राम समूहमा भारतकै साक्षी मलिकले स्वर्ण, श्रीलंकाकी महिराले रजत र बंगलादेशकी अख्तर सरमिनले काँस्य पदक जित्न सफल भए ।
यसैगरी ६५ किलो ताैल समूहतर्फ श्रीलंकाकी दिलहानीले स्वर्ण, नेपालकी शुशिला चन्दले रजत र बंग्लादेशकी मोस लक्कीले काँस्य पदक जित्न सफल भए ।यसका साथै ७२ किलो ताैलसमूहतर्फ श्रीलंकाकी अयोमीले स्वर्ण, नेपालकी निर्मलाले रजत र बंगलादेशकी अख्तर रोजिनाले काँस्य हात पारे।
विजयी प्रतियोगीहरुलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानन मन्त्री ज्ञानेन्द्र यादव, प्रदेश सभा सदस्य मन्जु यादव र रामसरोज यादव तथा पाकिस्तानका कुस्ती सचिव अब्दुल शेख लगायतले पदक प्रदान गर्नुभयाे ।
गएकाे तीन दिनदेखि जनकपुरधाममा जारी कुस्तीको १८ खेलमध्ये भारतले १२, पाकिस्तानले ३, श्रीलंकाले २ र नेपालले १ स्वर्ण पदक जित्न सफल भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।