पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
धनकुटा – छथर जोरपाटी गाउँपालिका २ को फलैचामा आइतबार ट्रक र अटाे एकआपसमा ठाेक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा धनकुटा नगरपालिका २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय साङ्गे शेर्पा रहेको सिधुवा प्रहरी चौकीका ट्राफिक प्रहरी जवान रामचन्द्र कटुवालले बताउनु भयो । दुर्घटनामा घाइते भएका दुई जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।
वसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रकले र हिलेबाट जोरपाटी बजारतर्फ आउँदै गरेको को २ ह ६६११ नम्बरको अटोलाई आइतबार दिउँसो १२ ठक्कर दिएको थियो ।
घटनालगत्तै ट्रक र ट्रक चालकलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि मृतकका आफन्त, स्थानीयवासी र अटो चालकहरुले जक्का जाम गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।