इलाममा उत्पादित जडीबुटीको तेल विदेशसम्म
माघ १७, २०८१ बिहिबार
काठमाण्डाै - रक्सी पिएर कार दुर्घटना गराउने काठमाण्डौ गोठाटारका पृथ्वी मल्लमाथि दोस्रो पटक म्याद थप भई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
मल्ललाई सवारी ज्यान मुद्दामा दोस्रो पटक म्याद थप गरी अनुसन्धान अघि बढाईएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ । मंसिर २८ गते शनिबारदेखि लागू हुनेगरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भएको भए पनि अनुसन्धान नसकिएपछि फेरि ७ दिनको म्याद थप गरीएको हो ।
काठमाण्डौ जिल्ला अदालतबाट बिहीबारदेखि लागू हुनेगरी दोस्रो पटक ७ दिनको समय थप भई छानबिन भैरहेको वृत्तका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।
सवारी ज्यान मुद्दामा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ । दोस्रो पटकको म्याद पुस १० गतेसम्ममा पनि अनुसन्धान सकिएन भने जिल्ला अदालतले फेरि समय दिनेछ ।
गएको शनिबार मल्लले चलाएको बा १४ च ६१२३ नम्बरको कारको ठक्करबाट गोरखाको बारपाक घर भई बुढानिलकण्ठ बस्ने लिला देवकोटाको ज्यान गएको थियो । देवकोटालाई ठक्कर दिएपछि कार बिजुलीको पोलमा ठोक्किएको थियो ।
अनुसन्धानबाट दोषी ठहरिए मल्ललाई ५ वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ । मल्लसँगै जाँडरक्सी पिएर कारमा यात्रा गरेका अरु ३ जना भने छुटिसकेका छन् ।
यसैबीच मृतक देवकोटाको परिवारले क्षतिपूर्ति र कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।