ए डिभिजन लिग : ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी तथा संकटा र जावलाखेल खेल्दै

 पुष १०, २०७६ बिहीबार ६:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार दुई वटा खेल हुुँदैछ । 

बुधबारदेखि तेस्रो चरणको खेल सुरु भएको थियो । बिहीबार हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज (बीबीसी) र मनाङ मर्स्याङ्दी फुटबल क्लब (एमएमसी) खेल्दैछन् । 

पहिलो खेल सातदोबाटोको एन्फा कम्प्लेक्समा मध्याह्न १२ बजे सुरु हुने छ । मनाङ क्लब कमल श्रेष्ठको कप्तानीमा खेल्दा ब्रिगेडको कप्तानी अनिल गुरुङले गर्नेछन् । 

लामो समय मनाङमा आबद्ध अनिल ए डिभिजन लिगमा ब्रिगेडबाटै डेब्यू गरेका खेलाडी हुन् । अनिलले ब्रिगेडको अग्रपंक्ति सम्हाल्ने छन् ।  बिग्रेडमा अधिकांश यू–१९ राष्ट्रिय टिमका खेलाडीहरु रहेका छन् । 

बिग्रेड पहिलो खेलमा मच्छिन्द्र क्लबसँग २–० ले पराजित भएको थियो ।  दोस्रो खेलमा फ्रेण्डसमाथि २–० को जित दर्ता गर्दै तीन अंक जोडेको थियो । यस्तै गएको सिजनको लिग च्याम्पियन मनाङ अपराजित रहँदै शीर्ष स्थानमा उक्लने प्रयासमा हुने छ । 

मनाङले पहिलो खेलमा विभागीय क्लब पुलिसलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि मनाङले अर्को विभागीय क्लब त्रिभुवन आर्मीलाई १–० ले स्तब्ध बनाएको थियो । 

गएको सिजनमा लिग च्याम्पियन बन्दा महत्वपूर्ण भूमिका खेलेका अधिकांश खेलाडीहरुले मनाङ छाडेकाले यस सिजनमा कमजोर मानिएको थियो तर पछिल्ला दुई खेलमा प्रभावशाली जित दर्ता गरेकाले बिहीबार पनि त्यही प्रयासमा हुने छ । 

त्यस्तै दोस्रो खेलमा संकटा क्लब (एससी) र जावलाखेल युथ क्लब (जेवाईसी) खेल्दैछन् । यो खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुने छ ।

पहिलो खेलमा च्यासलसँग २–० ले पराजित भएको संकटा दोस्रो खेलमा एनआरटीमाथि १–० को जित दर्ता गरेको थियो । बिहीबारको खेलमा संकटा जावलाखेलमाथि जित दर्ता गर्दै स्पष्ट तीन अंकको खोजिमा हुने छ । 

उता जावलाखेलले पहिलो खेलमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो खेलमा सरस्वती युवा क्लबमाथि १–० को जीत दर्ता गर्दै तीन अंक हात पारेको थियो । बिहीबारको खेलमा दुवै टिम स्पष्ट तीन अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रने छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया