च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
इंग्ल्याण्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो दिनको खेल सकिँदा २७७ रन बनाएको छ ।
सेन्चुरियनमा घरेलु टोली दक्षिण अफ्रिकाले २७७ रन बनाउँदा ९ विकेट भने गुमाइसकेको छ । दक्षिण अफ्रिकाका भर्नन फिलाण्डर २८ रन बनाएर क्रिजमा रहेका छन् । दोस्रो दिनकाे खेल फिलाण्डर र एनरिच नोर्टजेले अघि बढाउने छन् ।
दक्षिण अफ्रिकाका लागि विकेटकीपर ब्याट्सम्यान क्विन्टन डी ककले सर्वाधिक ९५ रन बनाए । टस हारेर पहिला ब्याटिङ गरेको अफ्रिकाले रनको खाता नै नखोल्दै डिन एल्गरलाई डक आउटका रुपमा गुमायाे । ३२ रन हुँदा दोस्रो विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि एडेन मर्करम २० रनमा पेभेलियन फर्किए ।
७१ रन हुँदा जुवेर हम्जा तेस्रो विकेटका रुपमा ३९ बनाएर पेभेलियन फर्किए । लगातार विकेट गुमाएको अफ्रिकाका रस्सी भान डर डुसेन पनि व्यक्तिगत ६ रनमा आउट भए । कप्तान फाफ डु प्लेसि २९ रन बनाएर आउट हुँदा दक्षिण अफ्रिकाको स्कोर १११ रनमा ५ विकेट थियो ।
त्यसपछि क्विन्टन डी कक र ड्वायन प्रिटाेरियसले ८७ रनको साझेदारी गर्दै सम्मानजनक स्कोरतर्फ अघि बढाएका थिए । प्रिटाेरियस ३३ रन बनाएर आउट भएका थिए । त्यसपछि डी ककले भर्नन फिलाण्डरसँग ४७ रनको साझेदारी गर्दै टिमको स्कोर २०० कटाएका थिए ।
डी कक व्यक्तिगत ९५ रनमा आउट हुँदा अफ्रिकाले २४५ रनमा सातौँ विकेट गुमाएको थियो । त्यसपछि केशब महाराज ६ रन बनाएर आठौँ विकेटको रुपमा आउट भए भने कागिसो रबाडा १२ रनमा पेभेलियन फर्किए ।
८२.४ ओभरमा दक्षिण अफ्रिकाले २७७ रन बनाउँदा नवौँ विकेट गुमाएपछि पहिलो दिनको खेल सकिएको थियो । इंग्ल्याण्डका लागि साम कर्रनले चार विकेट लिए स्टुआर्ट ब्राेडले तीन विकेट हात पारे । यस्तै जेम्स एण्डरसन र जोफ्रा आर्चरले पनि एक-एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।