च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – बुधबारदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् ।
जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यही प्रणालीका कारण बुधबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना छ ।
यो प्रणाली बिहीबार बेलुकीसम्म अझै सशक्त भइ देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत भारी हिमपात हुने उहाँले बताउनुभयो । यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्ने अनुमान रहेको मौसमविद् कँडेलले बताउनुभयो ।
यस्तै यही प्रणालीका कारण आउँदो बिहीबार र शुक्रबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । देशभर तापक्रम घट्ने सम्भावना रहेकाले हिमपात र चिसोबाट जोगिन सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।