च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – देशका विभिन्न ठाउँमा बिहीबार (आज) पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले सुदूरपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परिरहेको छ । बिहीबार पश्चिमको मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभए पनि मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने मौसमविद् बासीको भनाइ छ ।
शुक्रबार देशभरि कै मौसम बदली हुने तथा विभिन्न ठाउँमा पानी र हिउँ पर्ने देखिएको छ । तर लगातार झरीको सम्भावना भने नरहेको उहाँले बताउनुभयो । वर्षा र हिमपात भएसँगै देशभरि नै चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।