शेयर बजार झन्डै २० अङ्कले बढ्यो, साढे १० अर्ब रुपैयाँको कारोबार
मंसिर १७, २०८१ सोमबार
यु–१९ विश्वकप २०१८ को फाइनलमा शतक बनाएर भारतलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मनजोत कालरालाई उमेरको गडबडीका कारण एक वर्ष रणजी ट्रफी खेल्न प्रतिबन्ध लागाइएको छ ।
दिल्ली जिल्ला क्रिकेट संघले कालरालाई एक वर्षको लागि निलम्बन गरेको हाे । कालरालाई क्लब खेलहरुमा पनि प्रतिबन्ध लगाइएको छ । अब उनका बाबुआमालाई यस निर्णयमा परिवर्तनका लागि अपील गर्ने अधिकार हुनेछ । त्यतिन्जेल उनी दिल्लीको रणजी ट्रफी टीममा सम्मिलित हने छैनन् ।
एउटा यस्तै मुद्दाका भागिदार नीतिश राणालाई रिहा गरिए पनि उनीसँग थप कागजात मागिएको छ । दिल्ली जिल्ला क्रिकेट संघका सचिव विनोद तिहराले स्थानीय समाचार संस्था पीटीआईलाई यी कुराहरु बताएका थिए ।
यस्तो मुद्दामा पनि नीतिश राणालाई दण्डित नगरिएका बारे दिल्ली जिल्ला क्रिकेट संघका सचिवले भने आश्चर्य व्यक्त गरेका छन् । स्पस्टिकरणका लागि उनको जन्म प्रमाण पत्र सहित स्कूल कागजातहरु पनि उनीसँग माग गरिएको बताइएको छ ।
यसबाहेक उमेर गडबडीमा शंकास्पद शिवम मावीको मु्द्दालाई बीसीसीआईमा पठाइएको बताइएको छ । मावी उतर प्रदेशका लागि रणजी ट्रफी खेल्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।