एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
सर्लाही - घरबाट हराएकाे चार दिनपछि सर्लाहीकाे वागमती नगरपालिका ५ टेकानकी एक युवतीकाे शव फेला परेकाे छ । साेमबार बिहान वागमती खोलाको बगरमा अन्दाजी -२५ वर्षीया पूर्णिमा मोक्तानको शव फेला परेको हो ।
पुस १८ गते राति घरबाट मेला हेर्न भनेर गएकी छोरी चार दिनसम्म घर नफर्किएपछि परिवारले छोरीकाे खोजी गरिदिन प्रहरीमा खबर गरेका थिए । सोमबार बिहान स्थानीयले वागमती नदीको काँस घारीमा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।
घटना स्थलको अवस्था हेर्दा युवतीलाई कसैले हत्या गरेर खोलाको बगरमा लगेर फालेको जस्ताे देखिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो । मृतक युवतीले लगाएको सुरुवाल फुकालिएकाले बलात्कारपछि हत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।
हत्याको आशंकामा प्रहरीले राजघाट टेकानी घर भएका एक बोलेरो चालकलाई महोत्तरीबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । युवतीको शव परीक्षणको लागी जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।