परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
पाँचथर – पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका -३ आरुबोटेमा एकै परिवारकाे ९ जनाको विभत्स हत्या भएको ८ महिना बितिसकेको छ । त्रासमा जीवन बिताउँदै आएका स्थानीयले क्रमश सुरक्षाको महशुस गर्दै आएका छन् ।
तर, विभत्स हत्याकाण्डले अहिले पनि आरुबोटेवासीलाई झस्काइरहन्छ । शान्ति सुरक्षाको लागि सुरुमा प्रदेश–१ को सरकारले ३० जना प्रहरी खटाएर विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको थियो ।
अहिले यो क्षेत्रमा जिल्ला प्रहरी कार्यालय पाँचथरले अस्थायी रुपमा प्रहरी राखेको छ । मिक्लाजुङ-३ को वडा कार्यालयमा अस्थायी प्रहरी राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
२०७६ साल जेठ ६ गते भएकाे हत्याकाण्डपछि बेला बेला त्यस घटनाले झस्काइरहने स्थानीयहरु बताउँछन् ।
हत्या गरिएका बमप्रसााद फियाकको घरमा अहिले उनकै साइली छोरी बुद्धमाया योङहाङ बस्दै आएकी छिन् भने धनराज शेर्माको घर खाली रहेको छ । सडकमै रहेको शेर्माको घरबाट मानिसहरु समूह बनाएर हिड्ने गरेका छन् । बालबालिका विद्यालय जाँदा समूहमा नै जाने गरेका छन् ।
राति र बिहान घटनास्थल वरपर एक्लै हिँड्डुल गर्ने आँट कसैले नगरेको स्थानीय पदम खनालले बताउनुभयो । प्रहरी चौकी स्थापनाको लागि बजारवासीले माग गर्दै आए पनि हालसम्म कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ ।
जेठ ६ गते २ घरमा भएको कारुणि हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनकी श्रीमति पुर्सिमायाँ फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया श्रेया फियाकको हत्या भएको थियो ।
यस्तै, ४१ वर्षीय धनराज शेर्मासहित उनका परिवारहरु ३६ वर्षीया श्रीमती जस्मिता फियाक, छोरीहरु ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्माको विभत्स हत्या गरिएको हो । बमबहादुर र धनराज ज्वाई ससुरा हुन् ।
हत्यामा संलग्नता रहेको आशंका गरिएका बमप्रसादका कान्छा ज्वाइँ मानबहादुर माखिमको मिक्लाजुङ–८, मा रहेकाे लिम्बामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।
हत्यामा प्रयोग गरिएको खुकुरी घटनास्थलमा बरामद भएको थियो । हत्यामा उनकै संलग्नता रहेको प्रहरीको निष्कर्ष छ । यहाँका स्थानीयले स्थायी रुपमा प्रहरी चौकी स्थापना हुनुपर्ने माग गर्दै आए पनि हालसम्म स्थायी प्रहरी चौकी स्थापना हुन नसकेको मिक्लाजुङ गाउँपालिका - ३ का वडाध्यक्ष हस्तराज फियाकले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।