काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
दक्षिण कोरियाको एउटा अदालतले पूर्व राष्टपति पार्क जिउन हाइलाई गएको शुक्रबार थप ८ वर्षको जेल सजाय तोकेको छ ।
शुक्रबार हाइलाई राज्यको जासूस संस्थाको कोष हिनामिना गरेको र सन् २०१६ मा संसदीय चुनावमा हस्तक्षेप गरेको कसूरमा दोषी पाइएकोले थप सजाय सुनाइएको हो ।
सोउल केन्द्रीय जिल्ला अदालतले विभिन्न भ्रष्टाचार मुद्दामा २४ वर्ष जेल सजाय पाइसकेका पार्कलाइ आफ्ना सहयोगीहरुसंग मिलेर राष्ट्रिय जासूस सेवाबाट राज्यकोषको ३३ करो वन दुरुपयोग गरेको फैसला गरेको हो ।
‘आराेपीले ३ वर्षमा राष्ट्रिय अनुसन्धान सेवाका तीन पूर्व प्रमुखहरुहरुसँग करीब ३ करोड वन लिएकी थिइन् । यस अपराधबाट आरोपीले राज्यलाई उल्लेख्य रकम घाटा लगाएकी छन्,’ सोउल केन्द्रीय जिल्ला अदालतका वरिष्ठ न्यायाधीश सोङ चाङ हो ले बताए ।
राष्ट्रिय अनुसन्धान सेवाका तीन पूर्व प्रमुखहरुले पार्कको आदेशमा राज्यकोषको रकम बुझाएको अदालतसामू स्वीकार गरे ।
आरोप स्वीकार गर्न नमानेकी पार्कलाई न्यायाधीशले सुनुवाइभरी र प्रतिवादीहरुको प्रश्नको जवाफ दिने क्रममा असहयोगी भूमिका निर्वाह गरेका कारण असहयोगीको संज्ञा दिए ।
पूर्व राष्ट्रपति पार्क संसदीय चुनावमा बेला तत्कालीन सत्तारुढ दल सेनुरी पार्टीको उम्मेदवार छनौटमा हस्तक्षेप गरेको कसूरमा पनि दोषी पाइएकी थिइन् ।
उजुरीकर्ताहरुले उनलाई १५ वर्ष कैदको माग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।