च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – लियोनल मेस्सीको दोस्रो हाफको गोल निर्णायक बन्दा नयाँ प्रशिक्षक क्विक सेटिनले बार्सिलोना यात्रा जितका साथ आरम्भ गरेका छन् ।
बार्सिलोनाले १० खेलाडीमा झरेको ग्रानाडालाई एक–शून्यले हराए पनि घरेलु टिमले सन्तोषजनक प्रदर्शन गर्न सकेन । बार्सिलोनाले ८३ प्रतिशत बल पोसेसन कायम गरेको थियो । सेटिनको रणनीतिअनुसार टिमलाई घुल्न पनि केही असहज भएको देखिन्थ्यो ।
खेलमा बार्सिलोनाले १५ पटक ग्रानाडाको पोस्टमा आक्रमण गरेको थियो । ग्रानाडाको बलियो डिफेन्स तोड्न निकै कसरत गर्नु परेको थियो । ६९औँ मिनेटमा जर्मन सान्चेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि ग्रानाडाको डिफेन्स कमजोर भयो । त्यसको सात मिनेटपछि नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
जितसँगै बार्सिलोना ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले २० खेलबाट ४३ अङ्क बनाएको छ । समान अङ्क भएको रियल मड्रिड गोल अन्तरका आधारमा दाेस्राे स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।