हेटौँडाका ३ वटा वडामा फैलिएको ‘अफ्रिकन स्वाइन फिभर’ नियन्त्रणमा
फागुन २५, २०८१ आइतबार
काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवले वरिष्ठ चिकित्सक गोविन्द केसीको मागलाई वार्तामार्फत् छिटो समाधान गर्न संवेदनशील भैदिन सरकारसँग आग्रह गर्नु भएको छ ।
पूर्व राष्ट्रपति यादवले वरिष्ठ चिकित्सक केसीको माग तत्काल समाधान भए त्यो जनताको हितमा हुने र उहाँको जीवनको पनि रक्षा हुने स्पष्ट पार्नुभयो ।
सोमबार शिक्षण अस्पताल महाराजगंजमा पुगेर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उहाँले सञ्चारकर्मीमाझ नागरिकको जीउ, धनको सुरक्षा गर्ने दायित्व सरकारले भएको पनि स्मरण गराउनु भयो । वरिष्ठ चिकित्सक केसीले पछिल्लो पटक आमरण अनसन सुरु गरेको २४ औं दिन पुगेको छ ।
चिकित्सक समेत रहनु भएका पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्य अवस्था संवेदनशील भएकालेसमस्या समाधान गर्न ढिलाई गर्न नहुनेमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
पूर्व राष्ट्रपति यादवले सरकारले जुम्लामा अनसनरत डा. केसीलाई काठमाडौंमा ल्याएकोमा भने खुसी व्यक्त गर्नुभयो । वरिष्ठ चिकित्सक केसीको माग जायज भएकाले पनि सरकारलेसमस्या समाधान गर्न ढिलाई गर्न नहुने पूर्व राष्ट्रपति यादवको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।