च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
न्युजिल्याण्डविरुद्धकाे चाैथाे टी २० क्रिकेटमा भारतले १६६ रनकाे लक्ष्य दिएकाे छ ।
सिरिज जितिसकेकाे भारतले टस हारेर पहिला ब्याटिङ गरेकाे थियाे । भारतकाे शुरुआत भने राम्राे हुन सकेन । राेहित शर्मालाई रेस्ट दिइएकाे खेलमा भारतका लागि केएल राहुल र सन्जु सामसने ओपनिङ गरेका थिए । पहिलाे विकेटकाे रुपमा सामसन ८ रन बनाएर आउट भए ।
त्यसपछि कप्तान विराट काेहली र राहुलले भारतकाे स्काेर ४८ रन पुर्याएका थिए । काेहली ११ रनमा आउट भएपछि भारतले दाेस्राे विकेट गुमायाे ।
तेस्राे विकेटकाे रुपमा श्रेयस अय्यर १ रनमा पेभेलियन फर्किँदा भारतले ५२ रनमा तेस्राे विकेट गुमायाे ।
चाैथाे विकेटकाे रुपमा राहुल आउट भए । राहुलले २६ बल फेस गर्दै ३ चाैका र २ छक्काकाे मदतले ३९ रन बनाए । ८४ रन हुँदा भारतले पाँचाैंँ विकेट गुमाएकाे थियाे । शिवम् दुबे १२ रनमा आउट भएका थिए । त्यसपछि क्रिजमा रहेका मनिष पाण्डेले भारतकाे स्काेर १०० रन कटाए ।
उनी अन्तिमसम्म क्रिजमा रहँदै नट आउट ५० रन बनाए । यसैगरी वासिङ्टन सुन्दरले खाता खाेल्न सकेनन् भने शार्दुल ठाकुरले २० तथा युजबेन्द्र चहल १ रनमा आउट भए । नवदीप सैनी ११ रनमा नट आउट रहे ।
न्युजिल्याण्डका इस साेधीले ३ तथा हामिश बेनेटले २ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।