रुदीखोला–बी बाट उत्पादन सुरु : ६ दशमलव ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपियो

 माघ १८, २०७६ शनिबार १५:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमण्डाै - लमजुङको रुदीखोला–बी जलविद्युत आयोजनाले शनिबारदेखि बिजुली उत्पादन सुरु गरेको छ ।

६ दशमलव ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको कोलसोथर गाउँपालिका–५ सिन्दीमा रहेकाे छ । यो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो ।

आयोजनाबाट उत्पादन भएको बिजुली मिजुरेडाँडा सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

निर्माण सुरु भएको झण्डै दुई वर्षमै उत्पादन सुरु भएको आयोजनामा प्रतिमेगावाट १८ करोड रुपैयाँ खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताउनुभयो । बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत आयोजनाले गएको वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया