च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न ओमानको टिम पनि काठमाण्डाै आइपुगेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबारदेखि नेपाल, ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दै छन् । अमेरिकाको टिम आइतबार राति नै भारतबाट आएको थियो ।
ओमानी टिम ओमानमा बन्द प्रशिक्षण गरेर सिधैँ काठमाण्डाै उत्रिएको हो ।ओमानको टिमका कप्तान जिसान मक्सुदले नेपालमा खेल्न आउँदा आफूलाई प्रेसर र रमाइलाे दुवै रहेको बताए ।
विमानस्थलमा सङ्क्षिप्त कुरा गर्दै कप्तान मक्सुदले यसअघि सन् २०१२ मा टी–२० खेलेपछि पहिलो पटक नेपाल आएको र जित्नका लागि आएको बताए । नेपाली दर्शककाे उपस्थितिले पनि प्रभाव पार्ने भएकाले सबै कुरामा विचार गरेर खेल्ने उनले बताए ।
यस्ताे छ ओमानी टिम–
जिसान मक्सुद (कप्तान), अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बाडल सिंह, अहमेद फैज बट, कलिमुल्ला, बिलाल खान । टिम अफिसियलअन्तर्गत व्यवस्थापकमा मधु जेसरानी, प्रशिक्षक श्रीलङ्काका दुलिप मेन्डिस, सहायक प्रशिक्षक मजहार सलिम खान, फिजियो सेअन न्वाक छन् ।
बुधबारदेखि सुरु हुने प्रतियोगितामा ओमानले पहिलो खेल नेपालसँग खेल्नेछ । प्रतियोगितामा कुल ६ खेल हुनेछन् । जसमा हरेक टिमले दुई–दुई खेल खेल्नेछन् ।
प्रतियोगिताको अङ्क तालिकामा ओमान आठ अङ्कका साथ चौथो स्थानमा रहेको छ । लिगमा ओमानले आठ खेलमा चारमा जित र दुईमा हार ब्यहोरेको छ । नेपालले भने यो प्रतियोगितामा पहिलो खेल खेल्दै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।