उत्तर कोरियाद्वारा परमाणु परीक्षणस्थल नष्ट पार्ने काम सुरु

 साउन ८, २०७५ मंगलबार ७:४५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

उत्तर कोरियाले परमाणु परीक्षणस्थलको केही भाग नष्ट पार्ने काम सुरु गरेको छ । उत्तर कोरियाको उत्तर पश्चिमका भूभागमा रहेको रकेट परीक्षण स्थल नष्ट गर्न थालिएको बीबीसीले जनाएको छ । 

प्योङयाङले गएको जुन महिनामा अमेरिकासँग रकेट परीक्षण स्थल नष्ट गर्ने बाचा गरेको थियो । अमेरिकाको निरीक्षण समूह  ‘३८ उत्तर’ भूउपग्रह तस्बिरका अनुसार उत्तर पश्चिमका केही रकेट परीक्षण स्थलको केही भूभाग नष्ट गरेको देखिएको छ ।

गएको महिना सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा राष्ट्रपति ट्रम्प र किमद्वारा कोरियाली प्राय द्वीपमा परमाणु निशस्त्रीकरण गर्ने सहमति भएको थियो । यसअघि राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा प्रगति भैरहेको पनि राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका थिए ।

 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू ‘अत्यन्त खुशी’ भएको बताएका थिए । अवस्था जे जसरी अगाडि बढीरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले भनेका थिए  ।

प्योङयाङले गएको नौ महिनादेखि नै क्षेप्यास्त्र प्रक्षेपण अथवा पारमाणविक परीक्षणमा रोक लगाएको छ । यसअघि गएको मे महिनामा प्योङयाङले आफ्नो एकमात्र पारमाणविक परीक्षणस्थलमा रहेका सुरुङहरू विस्फोट गरी नष्ट पारेका विवरण पनि सार्वजनिक गरेको थियो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया