अब एनसेलमार्फत नेपाली कम्पनीले माइक्रोसफ्टकाे क्लाउड तथा अन्य सेवा पाउने

 माघ २८, २०७६ मंगलबार २०:४२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपालीकम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ । 

गएकाे हप्ताआयोजित एक कार्यक्रममाविभिन्न बैँक, व्यावसायिक घराना, एनजीओ, आईएनजीओका २५० भन्दा बढि प्रतिनिधि तथाअधिकारीहरुकामाझ एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर ९सीएसपी० का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो । यो समझदारी अन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरु—अफिस थ्रीसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउनआफ्नो ध्यान केन्द्रित गर्ने कम्पनीले जनाएकाे छ ।

अफिस थ्रीसिक्स्टिफाइभ

अफिस थ्रीसिक्स्टिफाइभ क्लाउडमा आधारित एक सेवाहो जसको प्रयोगले कार्यहरुमा प्रभावकारिता थप्दछ र कार्यलयमा सबैलाई अझ उत्पादनशील बन्दै प्रभावकारीरुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्दछ । यसले जानकारीहरु पत्ता लगाउन, ज्ञानहरु बाँड्न, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्नदेखि लिएर योजनाहरु बनाएर प्रशासनिक कामहरुमा लाग्ने सयम घटाएर चुस्त रुपमाकार्यहरु गर्न सबल बनाउँदछ । यसले गर्दा व्यवसायहरुले आफ्नो बढी समय अझनवीनकार्यहरुमालगाई आफ्नो व्यवसाय अघि बढाउन सक्छन् । 
 

माइक्रोसफ्ट एज्योर

त्यसैगरी माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरुमार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवाहो । यो सेवाप्रयोग गर्ने कम्पनीकाआईटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफूलाई मनपर्ने उपकरण र फ्रेमवर्कहरु प्रयोग गरी व्यापकरुपमा परिचालन गर्न सक्छन् ।

माइक्रोसफ्ट टिम्स्

त्यस्तै कार्यलयभित्र एकीकृत सञ्चार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नविन सेवा माइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यलयभित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एप्लिकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रोसफ्ट टिम्स्मा रहेको छ । यसले कार्यलयमा फाइल स्टोरेज, च्याट र अनलाइन मिटिङको लागि चुस्त वातावरण प्रदान गर्दछ । 

एण्डी चाेङ

कार्यक्रममाआमन्त्रितहरुलाई सम्बोधनगर्दै एनसेलका प्रमुखकार्यकारी अधिकृत एण्डि चोङ्गले भन्नुभयाे, ‘सहकार्य गर्ने प्रद्धति व्यापकरुपमा परिवर्तन भइरहेको छ । आधुनिक कार्यस्थलले मानिसहरुलाई आफ्नो कार्यलय भवनमा मात्र सीमित नभइ सजिलै भेट्न, सहकार्य गर्न र सम्पर्कमा रहिरहन सहयोग गर्दछ । एनसेल र माइक्रोसफ्टले तीव्ररुपमा विकास भइरहेको सहकार्य गर्न सकिने क्षेत्रहरुमाध्यान केन्द्रित गर्दै आफ्ना स्रोत र अनुभवहरुको समायोजन गरेको हो । यस्तो क्षेत्र दुवै कम्पनीहरुका लागि एक रणनीतिक बजार हो ।’

‘नेपालमा रहेका ग्राहकहरुलाई प्रत्यक्ष रुपमा क्लाउड सेवाप्रदान गर्ने गरी एनसेलसँग सहकार्य थालिएको हो,’ दक्षिण एसियाकालागिमाइक्रोसफ्टका चिफ पार्टनर अफिसर आन्हफामले भन्नुभयाे’, सुरुवातको चरणमा क्लाउड सेवा सानातथामझौलाउद्यम, व्यवसायहरु लगायतका क्लाइन्टहरुलाई दिने छौं । यो सहकार्यले नेपालको डिजीटल ईकोसिस्टम विकासमा योगदान पुर्याउने विश्वास लिएका छौं । साथै ग्राहकहरुले हाम्रो सेवाहरु भ्याल्यु एडेड सर्भिसका रुपमापाउँनेछन् ।’

यस रणनीतिक सहकार्य पश्चातगाहकले एनसेलको आधुनिक नेटवर्क सेवाहरु र सफ्टवेयर प्रविधिहरुमा प्रभुत्व जमाएको माइक्रोसफ्टका नयाँ कोलाबाेरेसन र कम्युनिकेसन सोलुसनहरु लिन सक्ने कम्पनीकाे भनाइ छ । यी सेवाहरुले कर्मचारीहरुको उत्पादकत्व बढाउन योगदान गर्ने तथा विभिन्न डिभाइसहरुको प्रयोगमार्फत यी टुल्स्ले कम्पनी, समूह र व्यक्तिहरुलाई रियल टाइममा समन्वय गर्दै तदारुकताका साथ कार्यहरु गर्न सहजीकरण गर्दछ । 

आन फाम

विश्वस्तरीय सेवाहरु प्रदान गर्ने र उच्स्तरको कनेक्टिभीटी र डिजिटाइजेसनको लाभ प्रदान गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम एनसेलले यी सेवाहरु आफ्नो एनसेल फर बिजनेस (एनफरबी) अन्तर्गत माइक्रोसफ्टसँगको सहकार्यमा नेपालमा ल्याएको हो ।

यी सेवाहरुले नेपालका सानातथा ठूला सबै व्यवसायहरुलाई उनीहरुको लक्ष्य प्राप्त गर्न सहगोग पुर्याउने विश्वास लिइएको कम्पनीले जनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया