ग्रीसमा भिषण आगलागी : ६० जनाको ज्यान गयो, १ सय ५० भन्दा धेरै घाइते

 साउन ८, २०७५ मंगलबार १७:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

ग्रीसको एथेन्स शहर नजिकैको अट्टिका क्षेत्रको जंगलमा लागेको आगोले ठूलो क्षति निम्त्याएको छ ।

आगलागीबाट ६० जनाभन्दा धेरैको ज्यान गएको अधिकारीहरुले बताएका छन् । आगलागीबाट ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अधिकारीले बताएका छन् । आगोले मटी नाम गरेको गाउँ पूरै ध्वस्त गरेको बीबीसीले जनाएको छ । समुन्द्र नजिकै रहेको त्यस ठाउँमा उद्धारकर्मीहरुले २६ जनाको शव भेटाएका छन् ।

उद्धारकर्ताहरुले एक अर्कालाई अंकमाल गर्दै गरेका शवहरु भेटिएको जनाइएको छ । हजारौं अग्नी नियन्त्रकहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । अधिकारीहरुले अन्तर्राष्ट्रिय सहयोग खोजिरहेको बताइएको छ । प्रधानमन्त्री एलेक्सीस सिप्रासले आगोबाट हुनसक्ने क्षति कम गर्ने प्रयास भैरहेको बताउनुभएको छ ।

अधिकारीहरुका अनुसार १ सय ५० भन्दा धेरै जना घाइते भएका छन् । आगलागीले भौतिक संरचना, यातायात र घरहरु नष्ट बनाएको छ । आगो निभाउने प्रयास भइरहे पनि निभाउन अझै समस्या भएको बताइएको छ ।

आगो के कारणले लाग्यो भन्ने अझै खुल्न सकेको छैन । आगोबाट अति प्रभावित क्षेत्रमा जहाजबाट पानी फाल्ने काम भैरहेको अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

एथेन्स महानगरपालिकाले संकटकालको घोषणा गरेको छ । साइप्रस र स्पेनले सहयोगको घोषणा गरेका छन् ।

अधिकारीहरुले ड्रोनको सहायताले शंकास्पद क्रियाकलापको निरीक्षण गरिरहेको बताएका छन् । मटीमा सन् २००७ मा पनि यस्तै आगलागी हुँदा दजनौंले ज्यान गुमाएका थिए । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया