सुनको भाउ ताेलामा एक सय रुपैयाँले घट्यो
पुस १०, २०८१ बुधबार
काठमाण्डाै - उद्योग, वाण्ज्यि तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र यूएईका उर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अल मजररुइबीच भेटवार्ता भएकाे छ ।
यूएइको उर्जा तथा उद्योग मन्त्रालयमा भएको भेटमा उहाँहरुले दुईपक्षीयका विषयमा विभिन्न पक्षहरुमा छलफल गर्नुभएको छ । वार्ताका क्रममा दुई देशबीच जलविद्युत, नवीकरणीय उर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा पनि छलफल भएकाे छ ।
भेटका क्रममा राज् मन्त्री दुगडले नेपालमा कृषि , पर्यटन , जलविद्युत ,उर्जालगायतका क्षेत्रहरुमा लगानीको धेरै सम्भावना रहेको बताउँदै यूएई सरकार र निजी क्षेत्रहरुलाई नेपालमा लगानी गर्न आह्वान पनि गर्नुभयो ।
दुबईमा आयोजना हुने एक्सपो २०२० का प्रतिनीधिहरुसँग भेटघाट तथा एक्सपोमा बनिरहेको नेपाल पेभिलियनको निरीक्षणका लागि राज्यमन्त्री दुगड शुक्रबार यूएई जानुभएको थियाे ।
भेटघाटमा यूएईका लागि नेपाली राजदूत कृष्ण ढकाललगायत दूतावासका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेकाे थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।