काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा मौसम आंशिक बदली
मंसिर १२, २०८१ बुधबार
लाओसमा एक निर्माणधीन बाँध भत्किँदा कैयौंको ज्यान गएको र सयौं हराइरहेको आशंका गरिएको छ ।
बाँध भत्केका कारण धेरै नागरिकहरु हराइरहेको र धेरैको हताहती भएको बीबीसीले जनाएको छ । सोमबार लाओसको अटापू प्रान्तमा रहेको जलविद्युत आयोजनाको बाँध भत्किँदा त्यहाँका ६ वटा गाउँ डुबानमा परेको बीबीसीले उल्लेख गरेको छ ।
डुबानका कारण ६ हजार ६ सय नागरिकहरु घरविहीन भएका छन् । त्यहाँका नागरिकहरु डुबानबाट बच्न घरको छानोमा बसेको फोटाहरु सार्वजनिक भएका छन् । नागरिकहरु सामानहरुसहित डुंगाबाट सुरक्षित स्थानतिर गइरहेको दृष्यहरु सार्वजनिक भएका छन् ।
सन् २०१३ मा बन्न सुरु भएको से पियान से नामनोय नामको त्यो बाँध आउँदो वर्ष सञ्चालनमा ल्याउने तयारी थियो । १६ मिटर अग्लो त्यो बाँध ७ सय ७० मिटर भत्केको जनाइएको छ । अत्याधिक वर्षाका कारण बाँध भत्केको जनाइएको छ ।
‘बाँध कसरी भत्कियो भन्ने निश्चित कारण त हामीलाई थाहा छैन, तर बाँधको माथिल्लो भाग भत्केको छ र त्यहीबाट पानी बगेका कारण डुबान भएको हो’, बाँध निर्माण कम्पनीको प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
लाओसका प्रधानमन्त्री थोङ्लुन सिसोलिथले आपत्कालीन अवस्था आएकाले सरकारी बैठक स्थगित गरेर राहतमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।