पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोन उनसँग हुन लागेको बैठक रद्द गरेकोमा उत्तर कोरियाले निराशा जनाएको छ । ट्रम्पको यो निर्णय विश्वको इच्छा अनुसार नभएको भन्दै उत्तर कोरियाले निराशा जनाएको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ ।
उत्तर कोरियाले आफ्नो नेता किमले राष्ट्रपति ट्रम्पसँग वार्ताको लागि निकै प्रयास गरेको पनि बताएको छ । उत्तर कोरियाले अमेरिकासँगको मुद्धा कुनै पनि हालतमा समाधान गर्न खोजेको पनि खबरमा उल्लेख छ । यसअघि ट्रम्पको फैसलाबारे ह्वाइटहाउसका अधिकारीले उत्तर कोरियाले केहि प्रतिबद्धता तोडेको आरोप लगाएको छ ।
विहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित बैठक रद्द गरेको घोषणा गरेका थिए । उनले उत्तर कोरियाले देखाएको क्रोध र शत्रुतापूर्ण व्यवहारका कारण आफूले वार्ता रद्द गरेको बताएका थिए । ह्वाइट हाउसबाट उत्तर कोरियाली नेता किम जोङ उनका नाममा लेखिएको पत्रमा ट्रम्पले कुनै दिन वार्ताको वातावरण बन्ने आशा पनि व्यक्त गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।