आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - सुनकाे भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज मंगलबार तोलामा २ सय रुपैयाँले बढेर सुन ७६ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ अझै बढ्न सक्ने महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
उहाँका अनुसार चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको हाे । यस अघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको शाक्यले बताउनुभयो ।
मंगलबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस १५ सय ८७ डलर पुगेको छ । यो भाउ अझै बढ्ने पूर्वानुमान छ ।
यस अघि गएको पुस २३ गते सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यस यता सुनको भाउमा केही उतारचढाव आइरहेकोमा मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर अहिलेसम्मकै महंगो भएको हो ।
मुख्य सिजनमा नै घट्यो कारोबार
सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।
यस अघि पोहोर पररा फागुन महिनामा दिनहुँ सुनको माग ५० किलोभन्दा धेरै हुने गरेकोमा अहिले १० देखि १५ किलो पनि नभएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
विश्वमा शक्तिशाली भनिएका देशबीचको व्यापार युद्ध र कोरोना भाइरसको प्रभावका कारण विवाहको समयमा पनि कारोबार ठप्प जस्तै भएको व्यवसायीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।