उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
सप्तरी - सप्तरीको बोदेबर्साइन नगरपालिका-४, गौरामा रहेकाे भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई भारतीय नागरिकको जना भएको छ भने ६ जना घाइते भएका छन् ।
इस्तिमा सकाएर घर तर्फ फर्किँदै गर्दा विष्णपुरतर्फ जाँदै गरेको ना.१.क.५५२७ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको स.१.ह.३७९५ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा ज्यान गुमाउनेमा अटोमा रहेका भारत मोतिहारीका २६ वर्षीय मोहम्मद सदाम हुसेन र ४५ वर्षीया कुनिया खातुन रहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै घाइते हुनेहरुकमा सप्तरीको महदेवा गाउँपालिका-१ का ४० वर्षीय मोहम्द सलिउदिन, उहाँकी श्रीमति ३५ वर्षीया मुनिया खातुन, उहाँका छोरा १२ वर्षीय मोहम्मद अकबर, १० वर्षीय मोहम्द दाबेल, ६ वर्षीय मोहम्द आशिक र मोहम्द सलाउदिनका छोरा ९ वर्षीय मोहम्द अनवर रहेका प्रहरीले जनाएको छ । उनीहरुकाे अवस्था गम्भीर रहेकाे छ ।
घाइतेहरुको स्थानीय जीवनदीप अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच ठक्कर दिने टिप्पर र अटोलाई ईलाका प्रहरी कार्यालय बोदेबसाईनले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।