कोरोना प्रभावित देशबाट आउनेलाई चीनमा १४ दिन क्वारेन्टाइनमा राख्न सुरु

 फागुन २१, २०७६ बुधबार ६:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले कोरोना भाइरसबाट प्रभावित देशबाट आउने मानिसलाई १४ दिन क्वारेन्टाइनमा राख्न थालेको छ ।

दक्षिण कोरिया, जापान, इरान र इटलीबाट चीन पुग्ने सबै मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राख्न थालेको बीबीसीले जनाएको छ । चीन सरकारले आफू र आफ्नो परिवारको बारेमा सचेत रहन सबैलाई आग्रह गर्दै यस्तो अवस्थामा अनिवार्य बाहेकको समयमा यात्रा नगर्न पनि आग्रह गरेको छ ।

चीनमा संक्रमितको संख्या थपिने तथा ज्यान गुमाउनेको संख्या घटिरहेको छ । गएको २४ घण्टामा चीनमा १२५ जना नयाँ संक्रमित भेटिएका छन् भने ३१ जनाको ज्यान गएको छ । तर चीन बाहिर संक्रमण फैलने क्रम तीव्र बनेको छ । चीन बाहिर मात्रै १२ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

दक्षिण कोरिया, इटाली, इरान, जापान, अमेरिका, स्विजरल्याण्ड लगायतका देशमा कोरोना फैलने क्रम तीव्र बनेको छ । ८० देशमा फैलिसकेको कोरोनाबाट अहिलेसम्म ३१ सय ६० भन्दा धेरैको ज्यान गैसकेको छ भने झण्डै ९३ हजारमा संक्रमण भएको छ । ४८ हजार भन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया