पर्वतमा कोरोनासम्बन्धी उच्च सतर्कता

 फागुन २२, २०७६ बिहीबार २१:१९:२ | सन्तोष थापा
unn.prixa.net

पर्वत - कोरोना भाइरसको संक्रमण फैलन नदिन पर्वतमा पनि उच्च सर्तकता अपनाउने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोनाको संक्रमण फैलन नदिनका लागि संभब हुने सबै उपाय अवलम्बन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो । 

बैठकलेसंक्रमण फैलन नदिन जनचेतना जगाउने, धेरै मानिस जम्मा हुने खालका सभा, समारोह , मेला तथा महोत्सबहरु आयोजना नगर्न आग्रह गर्ने निर्णय गरेको छ । संक्रमणको आशंका भएका बिरामीलाई छुट्टै राखेर उपचार गर्न पर्वत जिल्ला अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्ने र कम्तीमा ५ वटा बेड तयार गर्ने निर्णय भएको छ ।

पर्वत जिल्ला अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टर  डा. बिष्णु भण्डारीको नेतृत्वमा क्विक रेस्पोन्स टिम समेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो । 

बजारमा अत्यावश्यक खाद्यन्नको अभाव हुन नदिन र कालोबजारी रोक्न औषधी पसलदेखि  दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलहरुमा समेत अनुगमन गर्ने निर्णय पनि भएको छ ।    

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया