देशका धेरै ठाउँमा आंशिक बदली : पर्सि रातिदेखि फेरि पानी प...
पुस १०, २०८१ बुधबार
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले विश्वभरि फैलिरहेको कोरोना भाइरसका कारणले ११०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा तय गरेका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ ।
आज सूचना जारी गर्दै मन्त्रालयले कोरोना भाइरसबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने अवस्था भन्दै धेरै मानिस जम्मा हुने, र्याली, अन्तरक्रियालगायतका मानिसको भीडभाड हुने कार्यक्रम स्थगन गरेको जनाएको हो । मन्त्रालयले विभिन्न क्षेत्रका सरोकारवालाबीच बैठक बसेर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यरूपमा मनाउने कार्यक्रम तय गरेको थियो ।
मन्त्रालयले ११ जिल्लाबाट छनोट गरी उत्कृष्ट महिला सम्मान, सचेतना कार्यक्रम, महिला अधिकारका जोडीबीच अन्तरक्रिया, महानगरपालिकाभित्र सम्पूर्ण वडामा महानगरको समन्वयमा सचेतनालगायतका कार्यक्रम तय गरेको महिला विकास अधिकृत सुशीला आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हरेक नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता हो । अहिले कोराना भाइरसको सन्त्रास फैलिरहको सन्दर्भमा यसविरुद्ध अभियानमा जुट्नु पहिलो कर्तव्य भएकाले तत्काल तय गरिएका कार्यक्रम स्थगन गरिएको हो ।” उहाँले सरकारले स्वास्थ्य सतर्कतालाई प्राथमिकतामा राख्न आग्रह गरेकाले पनि जनस्वास्थ्य प्रतिकूल हुने कार्यक्रम स्थगन गरिएको र रेडियो संवाद कार्यक्रम भने गरिने जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पनि धेरै मानिस जम्मा हुने किसिमका सार्वजनिक कार्यक्रम नगर्न आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै धेरै भीडभाड तथा व्यापक जनसमुदाय उपस्थित हुने सार्वजनिक स्थानमा भेला, मेला, जमघट, समारोहजस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ मा मनाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।