प्रम ओलीलाई आइतबार वा साेमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने, तर भेटघाट कम गर्नुपर्ने

 फागुन २४, २०७६ शनिबार ९:१२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार वा साेमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न डाक्टरले बताएका छन् । स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले आइतबार वा साेमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा नेतृत्व गरेका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

तर बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्ने हुँदा अस्पताल मै अझै केही दिन राख्ने कि घर पठाउने भन्नेबारेमा आफूहरुले छलफल गरिरहेको उहाँले बताउनुभयो ।

गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले उहाँले छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी गर्नुभएको पनि अस्पतालले जनाएको छ ।

यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य हुँदै गएको छ । उहाँलाई पनि आइतबार वा साेमबार घर पठाउने डाक्टर ज्ञवालीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया