समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव
माघ ५, २०८१ शनिबार
ललितपुर - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउन नसके कम्युनिस्ट आन्दोलन पछाडि पर्ने बताउनुभएकाे छ।
प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीले ललितपुरमा शबिबार गरेकाे सपथ ग्रहण कार्यक्रममा प्रवक्ता श्रेष्ठले जुनसुकै हालतमा पनि वर्तमान सरकारलाई सफल बनाउनुपर्ने बताउनुभएकाे हाे ।
सरकारको लक्ष्य राष्ट्रिय स्वाधिनताको रक्षा गर्दैै सामाजिक, आर्थिक रुपान्तरणको प्रकृयालाई अगाडि बढाएर सामाजिक न्यायसहितको समृद्ध नेपाल बनाउनु रहेको श्रेष्ठले बताउनुभयो ।
नेकपा सचिवालय सदस्य समेत रहनुभएका श्रेष्ठले समाजवादको आधार तयार पर्न नसके नेपालको कम्युनिस्ट आन्दोलन पछि धकेलिने मात्रै नभएर पार्टीलाई समेत ठूलो क्षति पुग्ने बताउनुभयो ।
नेकपा बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले पुरानै सोचबाट अगाडि बढ्न खोजे परिवर्तनलाई आत्मसात गर्न नसकिने बताउनुभयो ।
निरङ्कुशता र सामन्तवाद अन्त्य गरेर समाजवाद स्थापना गरी अगाडि बढिरहँदा व्यवहार, सोच र चिन्तन परिवर्तन गर्न नसके लक्ष्यमा पुग्न नसकिने शाक्यकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।