ट्राफिक प्रहरीको उद्देश्य गाडी चालकलाई कारबाही गर्ने हाेइन : प्रमुख घिमिरे

 माघ ३, २०८१ बिहीबार १८:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य गाडी चालकलाई कारबाही गर्ने नभएको बताउनुभएको छ ।

कार्यालयमा आज आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले ट्राफिक प्रहरीले गाडी चालकलाई जिम्मेवार बनाउनका लागि मात्रै कारबाही गर्नुपरेको धारणा राख्नुभयो । उहाँले अहिले ट्राफिक प्रहरीले कारबाहीलाई प्राथमिकतामा नराखेको उल्लेख गर्नुभयो ।

प्रमुख घिमिरेले ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बसेर गाडी चालकलाई कारबाही गरिरहेको उल्लेख गर्नुभयो ।

सडक लेनको कारबाहीमा परेका चालकले लिने कक्षालाई अनलाइन बनाउन लागिरहेको ट्राफिक प्रहरी प्रमुख घिमिरेको भनाइ छ ।

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले उपत्यकामा २१ लाख वटा मोटरसाइकल रहेको उल्लेख गर्नुभयो । सार्वजनिक गाडीले राम्रो सेवा दिन नसक्दा निजी गाडीको सङ्ख्या बढेको उहाँले बताउनुभयो । सरकारले विदेशको जस्तो सार्वजनिक गाडीको सुविधा खोज्ने तर पूर्वाधार नबनाउनु कमजोरी भएको सिटौलाले उल्लेख गर्नुभयो ।

विद्युतीय गाडीलाई यातायात व्यवसायीले स्वागत गरे पनि राज्यले विद्युतीय गाडीका लागि आवश्यक पूर्वाधारको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया