सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) का कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित गरिएको छ । बुधबार राति आज राति हुने म्यान्चेस्टर सिटी र आर्सनल बीचको खेल स्थगित गरिएको बीबीसीले जनाएको छ ।
विश्वका विभिन्न देशका फुटबल गतिविधि भाइरसका कारण प्रभावित भए पनि प्रिमियर लिग भने नियमित सञ्चालन भइरहेको थियो । युरोपा लिगको खेलमा आर्सननलले १३ दिनअघि घरेलु मैदान इमिरेट्समा ओलम्पियाकोससँग प्रतिस्पर्धा गरेको थियो ।
ग्रिक फुटबल क्लब ओलम्पियाकोसका मालिक इभानगेलोस मारिनाकिसलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएपछि सिटी र आर्सनलबीचको खेल स्थगित गर्न मेडिकल टिमले सुझाव दिएका थिए । आर्सनलका केही खेलाडीले खेलका दौरा मारिनाकिससँग भेट गरेका थिए ।
सरकारको आदेशलाई कडाइका साथ लागू गर्न क्लब तयार रहेकाले सम्पर्कमा आएका खेलाडीलाई आइसोलेशनमा राखिएको आर्सनलले जनाएको छ । त्यही कारण सिटीविरुद्ध आर्सनलका खेलाडी उपस्थित नहुने भएपछि प्रिमियर लिग खेल स्थगित गर्न तयार भएको हो ।
यसका बाबजुद प्रिमियर लिगका बाँकी खेलहरु तत्काल स्थगित गर्ने कुनै योजना भने नभएकाे बताइएको छ । कोरोना भाइरसकै कारण इटालियन लिग सिरी ए स्थगित गरिएको छ ।
स्पेनिस ला लिगा खाली स्टेडिययमा खेलाउन आदेश दिइएको छ । च्याम्पियन्स लिगलगायत अन्य खेलहरु पनि अहिले बन्द ढोकामा खेलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।