समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खानुभएको छ ।
बुधबार राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खानुभएको हो ।
‘कहिले पनि पार्टी फुटाउने छैन । तपाईँहरुलाई विश्वास लाग्ने यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई कदापि फुट्न दिने छैन’, गीता हातमा राख्दै थापाले भन्नुभयो ।
अध्यक्ष थापाले पार्टी एकताबाट आफु सन्तुष्ट र खुसी रहेको उल्लेख गर्दै फेरि कहिले नफुट्ने र नअलग्गिने संकल्प लिएर एक भएको बताउनुभयो । विगतमा पार्टी विभाजनपछि भोग्नुपरेका पीडाहरु शब्दमा बयान गर्न नसकिने भन्दै उहाँले विगतमा पार्टी कसले र किन फुटायो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
अध्यक्ष थापाले पार्टी फुट्छ कि भन्ने विगतको दुविधा र आशंकालाई हटाउनुपर्ने बताउँदै पार्टी फुट्ने अनावश्यक र नकारात्मक सोचबाट मुक्त हुन पनि आग्रह गर्नुभयाे । उहाँले भन्नुभयो, ‘पार्टी एकता हुन पाएको छैन फेरि फुट्छ कि भन्ने चिन्ताबाट मुक्त हुनुहोस् । यसले हामीलाई शिथिल बनाउँछ । अब फुट्दैन र फुट्न दिन्नौँ भन्ने प्रतिज्ञा गरेर अगाडि बढ्नुपर्छ ।’
अध्यक्ष थापाले एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबाबमा नभइ पार्टी कार्यकर्ता र शुभचिन्तकहरुको दबाब र प्रेरणाले भएको बताउनुभयो ।
देश कठिन अवस्थाबाट जुधिरहेको अवस्थामा जनताले विकल्प खोजेको र विकल्प निर्माण गर्ने क्रममा पार्टी एक भएको उहाँले बताउनुभयो । थापाले पार्टी एकतासँगै राजनीतिमा तेस्रो राजनीतिक र वैचारिक धारको उदय भएको बताउनुभयो ।
अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले बोकेको विचार र मार्गचित्र त्रुटिपूर्ण रहेको बताउनुभयाे । देशमा रहेको संकटको सामना गर्न राप्रपा तयार रहेको र विश्वास गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले भ्रष्टाचारमा मुछिएकाहरुलाई कानुनको कठघरामा उभ्याउने समेत बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।