१९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली टोली चितवनमा
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेपछि कतारमा रहेको नेपाली दूतावासले कन्सुलर सेवा अस्थायी रुपमा बन्द गर्ने भएकाे छ ।
राहदानीसम्बन्धी, मागपत्र प्रमाणीकरण, यात्रा अनुमति र मृतकका शव पठाउने काम नियमित रुपमा हुने भए पनि कन्सुलर सेवा भने आउँदो आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको दूतावासले जनाएको छ ।
यी कामका लागि फोन र इमेलबाट समय लिन सकिने छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइसकेको छ ।
कतारले प्रवेशमा रोक लगाएपछि सरकारले अस्थायी रुपमा कतारका लागि श्रम स्वीकृति दिन पनि बन्द गरेको छ । अहिले कतारले कोरोना सङ्क्रमणको जोखिम घटाउन भन्दै अस्थायी रुपमा सरकारी तथा निजी शैक्षिक संस्थाहरु बन्द गरेको छ । कतारमा अहिलेसम्म २ सय ६२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
कतारमा झण्डै चार लाखको सङ्ख्यामा नेपाली रहे पनि अहिलेसम्म कसैलाई कोरोनाको संक्रमण भने भएको छैन । तर जोखिम उच्च रहेको भन्दै दूतावासले सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।